धनगढी । कैलालीकोे धनगढी उप‑महानगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन भएको छ ।



धनगढी उप‑महानगरपालिकाद्धारा सञ्चालित शैक्षिकसत्र २०८१ को आधारभूत तह कक्षा ८ को आज प्रकाशन भएको नतिजामा धनगढी ३ मा रहेको दून एकेडेमीले उत्कृष्ट ग्रेड सहित सतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ ।
आधारभूत तह कक्षा ८ को नतिजामा दून एकेडेमीकी प्रितिष्मा तामाङ्गले ३.९३ जिपिए सहित बिद्यालय प्रथम हुन सफल भएकी छिन ।
स्थापनाको छोटो समयमै दून एकेडेमीले स्थापनाकालदेखी बिद्यार्थीहरुलाई बालमैत्री शिक्षा सहित उत्कृष्ट शिक्षा प्रदान गर्दै बिद्यार्थी तथा अभिभावकहरुको मन जित्दै आईरहेको छ ।













