काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पठाएको पत्र निर्मल निवासले नबुझी फिर्ता पठाइदिएको छ । शुक्रबार राजावादी समूहले महानगरपालिकाको सडकमा फोहोर र आगजानी गरेको भन्दै महानगरले ७ लाख ९३ हजार रुपैयाँको जरिवानाको पत्र काटेको थियो ।



त्यही पत्र लिएर आइतबार महानगरको नगर प्रहरी र राजस्व विभागको टोलि निर्मल निवास पुगेको थियो । तर, टोलीलाई निर्मल निवासको गेटबाट फर्काइएको छ ।
जरिवानाको पत्र र बिल पुर्याउन गएको टोलीलाई गेटबाटै फर्काइएको महानगरका मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

उनका अनुसार जरिवाना शुल्कको पत्र असमन्धित भएकाले स्वीकार नहुने भन्दै फर्काएइको थियो । अब उक्त पत्र हुलाकबाट पठाइने स्वकीय सचिव शाहले जानकारी दिए । महानगरले आजै हुलाकमार्फत उक्त पत्र निर्मल निवासको नाममा पठाउने छ ।












