धनगढी । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेत एक कार्यक्रमका बिच अधिबेशनको उद्घाटन गरे ।

CP-HOSPITAL

शनिबारसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा विशिष्ट अतिथिको रुपमा प्रेस चौतारी नेपालका ईन्चार्ज राजेन्द्र गौतम,  नेकपा एमाले सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, पार्टिको स्थायी कमिटि सदस्य कर्णबहादुर थापा, लिला भण्डारी, केन्द्रीय सदस्य खगराज अधिकारी लगायतको सहभागिता रहेको छ ।

अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारी, सदस्य, सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति छ ।

सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा सुरु भएको अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ ।