बौनिया । नोबेल माध्यमिक विद्यालय बर्दगोरिया १ ले आफ्नो १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ ।



विद्यालयले आफ्नो स्थापनाको १९ वर्ष पुगेको अवसरमा भव्य समारोहका बीच १९ औं वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न किसिमका साँस्कृतिक नृत्य तथा गायन सँगै सन्देशमुलक लागू औषध नियन्त्रण सम्बन्धी नाटक पनि प्रस्तुत गरेका थिए ।
विद्यालयका संस्थापक प्रधानाध्यापक सुरेश खड्काको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका ४ नम्बर वडा अध्यक्ष जगत बहादुर शाही रहेका थिए यस्तै विशिष्ट अतिथिमा बर्दगोरिया कलेज व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर कुँवर लम्की बहुमुखी क्याम्पसका सहायक क्यम्पस प्रमुख जनक विष्ट रहेका थिए ।
प्रमुख अतिथि शाहीले सम्बोधन गर्दै विद्यालयले यस क्षेत्रको शिक्षा क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेको बताउनु भयो ग्रामीण क्षेत्रमै गुणस्तरीय शिक्षा प्रदान गर्नमा नोबेल माध्यमिक विद्यालय अग्रणी भूमिकामा रहेको वहाँले चर्चा गर्नुभयो ।
यस्तै विद्यालयले वर्षभरि गरिएका विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरु पुरस्कार वितरण समेत गरेको थियो ।















