जानकी । कैलालीको जानकी गाउँपालिकाको १५औं गाउँसभा बैठक सम्पन्न भएको छ। “शिक्षा, स्वास्थ्य, कृषि र बातावण मैत्री पूर्वाधार, पहिचान सहितको जानकी गाउँपालिका विकासको मूल आधार” मुल नारा रहेको पालिकाको गाउँसभाले नगरप्रहरी सम्बन्धी विधेयक, स्थानिय बजार व्यवस्थापन तथा अनुगमन, सुचिकृत मेलमलिापकर्ताको सुची, आर्थिक बेरुज र बड्घर भलमन्सा प्रणाली संरक्षण, प्रबद्र्धन र विकास गर्न बनेको विधेयक पारित गरेको छ।

Oplus_16908288

सभामा स्थानिय बजार व्यवस्थापन तथा अनुगमन विधेयक, नगर प्रहरी विधेयक, बड्घर भल्मन्सा प्रणाली संरक्षण प्रवद्र्धन विकास गर्नका लागि बनेको विधेयकलाई विद्यायन सभाका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष सुरेश चौधरी, आर्थिक वर्ष २०८१/०८२ मा सुचकिृत मेलमलिापकर्ताको सुची उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लालमति कठरयिा र आर्थिक बेरुजु सम्बन्धी लेखा समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष सुरेश चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

गाउँपालिका अध्यक्ष गणेश चौधरीको सभाध्यक्षतामा भएको सभा बैठकमा जानकी गाँउपालिकामा भएको नितिगत बेरुजुको वारेमा पनि बृहत छलफल भएको थियो । गाउँसभामा गाउँपालिमा आर्थिक वर्ष २०७६/०७७ देखि अहिले सम्म असुल गर्नु पर्ने बेरुजु, नितिगत समस्याको रुपमा रहेको बेरुजु, फर्छौट गर्न रहेको बेरुजु गरि २ करोड ८३ लाख २९ हजार १ सय ७० रुपैया बराबरको बेरुजु समेत सभाले सपरक्षिण सहति स्वीकृत गरेको छ ।

सभाको दोस्रो बैठकमा पहिलो बैठकको शुन्य समयमा उठेको सवालको जवाफ सम्बन्धमा पनि छलफल भएको थियो जसको जवाफ गाउँपालिका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष गणेश चौधरीले दिनुभएको थियो ।