बौनियाँ । नेपाली काँग्रेसको १०० (सय) दिने बिशेष अभियान अन्तरगतको बर्दगोरिया गाउँपालिका स्तरिय अन्तरक्रिया कार्यक्रम गरिएकोछ । अन्तरक्रिया कार्यक्रम बर्दगोरिया १ मा रहेको साना किसान कृषि सहकारी सँस्थाको सभाहलमा सम्पन्न भएको हो ।

नेपाली काँग्रेस बर्दगोरिया गाउँ कार्यसमिति सभापति कृष्ण बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा १०० दिने बिशेष अभियानका कैलाली जिल्ला प्रतिनिधि योगेन्द्र चौधरी रहनुभएको थियो ।

कार्यक्रममा बिभिन्न बिषयहरुमा पार्टीको कार्ययोजना सहितको बार्षिक क्यालेण्डर तयार गर्ने तथा स्थानिय स्तरमा पार्टी र जनप्रतिनिधी समन्वय समिति गठन गरि पार्टीलाई सुदृद्ध र जनप्रतिनिधीहरुको कामलाई जनतामाझ परिणाममुखी देखाउनलाई सशक्त योजना बनाउने लगायतका बिषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।

कार्यक्रममा काँग्रेस जिल्ला सचिव नृप सुनार, महाधिबेसन प्रतिनिधी तथा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्रीको कानुनी सल्लाहकार जितु उपाध्याय महासमिति सदस्य, पूर्व महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूव महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी, क्षेत्रीय कार्य समितिका पदाधिकारी, प्रदेशसभा क्षेत्रीय कार्य समितिका पदाधिकारी, गाउँ कार्यसमितिका पदाधिकारी, वडा कार्यसमितिका पदाधिकारी, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका नेतागण लगायत नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको उत्साहजनक उपस्थिती रहेको बर्दगोरिया गाउँ कार्यसमिति सभापति कृष्ण बिष्टले बताउनु भयो ।

उक्त कार्यक्रम बर्दगोरिया गाउँ कार्यसमिति सचिव तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का निर्बाचित वडा अध्यक्ष जगत बहादुर शाहीले सञ्चालन गर्नुभएको थियो ।