जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा सुरु भएको छ ।

जोशीपुर गाउँपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट बाट जोशीपुर पालिका भरिकै प्रशिक्षार्थीहरुलाई छनौट गरी आजदेखि तयारी कक्षा सुरु भएको हो ।

वडा नं ६ का अध्यक्ष भोजराज डगौराको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथी जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा देवी कठरिया रहनु भएको थियो । यस्तै विशिष्ट अतिथीहरुमा जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना र प्रशासन प्रमुख मिनराज कठरिया रहनु भएको थियो ।

जोशीपुर गाउँपालिकाभरिका जम्मा ३५ जना सहभागिता रहेको लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा जोशीपुर ६ को लोखरीमा ७५ दिन सम्मका लागि सञ्चालन हुने वडा अध्यक्ष भोजराज डगौराले बताउनुभयो ।

उद्घाटन समारोहको सञ्चालन जोशीपुर गाउँपालिका ६ नं वडा सचिव सुरेश चौधरीले सञ्चालन गरेका थिए ।