धनगढी ।  धनगढी उपमहानगर क्षेत्रमा अब्यवस्थित रहेका केवल तथा इन्टरनेट तारहरु ब्यवस्थापन गर्न उपमहानगरले ३० दिने अल्टिमेटम दिएको छ ।

Oplus_16908288

इन्टरनेट तथा केवल सेवा प्रदायक संस्थाहरुले आफ्नो सेवा बिस्तारका क्रममा अब्यवस्थित केवल तारहरु तान्दा शहरको सौन्दर्य ह्रास हुनुका साथै आगलागीका घटना समेत हुने हुँदा सेवा प्रदायक कम्पनिहरु सगं तार ब्यवस्थापन गर्ने सहमती भएपनि त्यसको कार्यान्वयन नभएको उपमहानगरले जनाएको छ ।

गत बर्ष चैत ४ गते अब्यवस्थित तथा काम नलाग्ने तार नहटाउने सेवा प्रदायक कम्पनिहरुलाई ५ हजार रुपयाँ जरिवाना गर्नुका साथै तार काटिने निर्णय भएपनि तार नहटाइएको भन्दै उपमहानगरले ३० दिनको अन्तिम समय दिएको छ ।

धनगढी उपमहानगरपालिकाले एक सुचना जारी गर्दै पटक पटक अब्यवस्थित तार हटाउन सुचना जारी गर्दापनि हालसम्म कुनै संस्थाले स्वस्फुर्त रुपमा तार नहटाएको भन्दै ३० दिनभित्र हटाइसक्न अनुरोध गरेको छ ।

यदि ३० दिनपिभत्र तार नहटाइए धनगढी उपमहानगर तार काट्ने अभियान अगाडप् बढाउने जनाएको छ । यसबाट हुने असुबिधा र क्षतीको जिम्मा केवल तथा इन्टरनेट कम्पनि आफैले लिनुपर्ने उपमहानगरले जनाएको छ ।