कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–२ भासी र बेलौरी नगरपालिका–२ खैरेनीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ५२ हजार ५४० मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

उक्त मुल्य बराबरको मोबिल, ब्याट्री, सुटपिस लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।