भजनी २६ भजनी, खेम राज पाण्डेय । भजनी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको संयुक्त आयोजनामा प्रारम्भिक द्रुत लेखाजोखा तालिम बुधवार भजनीमा सम्पन्न भएको छ । तालिममा विपद्का शब्दावली, विपद् व्यवस्थापन चक्र, प्रारम्भीक द्रुत लेखाजोखाको मोबाइल एप्सबाट फाराम भर्ने तरिका र विस्तृत घरधुरी सर्वेक्षण लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यहारिक अभ्याससमेत गरिएको थियो ।




तालिममा भजनी नगरपालिका,जोशीपुर गाउँपालिका ,कैलारी गाउँपालिका, वडाका जनप्रतिनिधि,पालिका विपद् फोकल पर्सन, पालिका भित्र रहेका नेरेसो उपशाखाका सभापति एवं प्रतिनिधि र नेपाल प्रहरीको प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका मुकेश चन्द गौतम,तपेन्द्र तिमिल्सेना र प्रकाश डाँगीले तालिममा प्रशिक्षक गरेका थिए ।कार्यक्रमको सहजीकरण तथा सञ्चालक विपत् फोकल पर्सन विष्णु प्रसाद न्यौपानेले गर्नु भएको थियो।














