धनगढी असार १६ । सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएइएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीहरुलाई जिम्मेवारी दिइएको बताए ।





उनीहरु पाँचै जनाले आज नै पदभार ग्रहण गरेका छन् । सुदूरपश्चिममा हाल कायम रहेका मन्त्रालयहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमी व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाइएको छ । मन्त्री नियुक्तीको २० दिनपछि पाँच जनाले विभाग पाएका हुन ।





भौतिक फुटाएर बनाइएको मन्त्रालयमा मन्त्रीमण्डलको दोस्रो वरियतामा रहनु नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा शहरी, नागरिक उन्मुक्तीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुदमन्त्री बनाइएको छ ।




यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादु थापालाई वन, वातावरण तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कति मन्त्री बनाइएको छ । थापाको सहकारी कृषिबाट र पन्तको संस्कृति सामाजिक मनत्रालयबाट ल्याइएको हो ।



एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गर्नु भएको थियो । ती मध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन् ।
यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिलामन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकासमन्त्री बन्नु भएको थियो । त्यसअघि जेठ ६ मा उन्मुक्तीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो ।
सुदूरपश्चिममा विगतमा सात पूर्ण र चार राज्य गरेर ११ सदस्यीय मन्त्रीमण्डलसम्म बनाउने गरिएको थियो । यसपटक भने चार दलको तालमेलको सरकार बनेपछि १० जना पूर्ण मन्त्री बनेका छन् ।