असार २५, काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागि परेको दाबी गर्नुभएको छ ।

CP-HOSPITAL

बिहीबार प्रतिनिधि सभा बैठकमा सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराउनुहुँदै उहाँले उक्त दाबी गर्नुभएको हो । मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढाएको जिकिर समेत गर्नुभयो ।

सरकारले सय दिन भित्रै भ्रष्टाचारमा शुन्यसहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाइ छ ।मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहमा पनि ठोस कदम चालेको बताउनुभयो ।