असार २१, काठमाण्डौ । नेपाली बजारमा आइतबार (असार २१) सुनचाँदीको मूल्य सामान्य घटेको छ । गत शुक्रबार (असार १९)को तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



योसँगै आइतबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।



यसैबीच, आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ६१५ रुपैयाँ थियो ।













