कैलालीको बर्दगोरिया गाउँपालिकाले महिला स्वयंसेविका लाई साईकल वितरण गरेको छ ।

 पालिकाका विभिन्न ठाउँमा काम गरि रहेका ४७ जना महिला स्वास्थ्य स्वयंसेविका लाई साइकल वितरण गरेको सचिवालयले जानकारी दिएको छ । निरन्तर स्वास्थ्य क्षेत्रमा लागि रहदा यात्रामा केही सहज होस् भनेर साईकल वितरण गरिएको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।