कैलाली। कैलालीमा लागुषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ७, पाउरोटी चोकबाट सोही ठाँउका २६ वर्षीय शंकर खत्री पक्राउ परेका हुन् ।

उनलाई ८३० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित शुक्रबार इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको हो ।

त्यस्तै, लम्कीचुहा नगरपालिका–५ चौरीबाट १७० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका १९ वर्षीय कमल रावललाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।