धनगढी। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई पत्रकार महासंघ कैलाली शाखाले ध्यानाकर्षण पत्र बुझाएको छ । मङ्सिर १९ गते मेयर हमालले आफ्नो आधिकारिक फेसबुक पेजबाट समाचार प्रकाशन तथा प्रसारणको विषयमा दिएको अभिव्यक्तिबारे महासंघले आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

फेसबुक पेजमा मेयर हमालले समाचार लेख्ने अनलाइन, पत्रपत्रिका र फेसबुकमा लेख्नेलाई निगरानी गर्न भनिएको अभिव्यक्ति प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै महासंघ कैलालीले विरोध जनाउँदै ध्यानाकर्ण पत्र बुझाएको छ ।

पत्रमा मेयर हमालको अभिव्यक्तिका कारण कुनै सञ्चारकर्मी र मिडिया हाउसमाथि आक्रमण भए, गालीगलौज वा धम्की आए त्यसको जवाफ स्वयं हमालले नै लिनुपर्ने उल्लेख छ । मेयर हमालले भने भ्रमपूर्ण सामाचार सम्प्रेषण गर्नेहरूबाट सजग हुनुपर्ने भन्दै आफ्ना कुरा फेसबुक पेजबाट सार्वजिनक गरेको बताएका छन्।