बौनिया ।कैलालीमा एक युवक मृत फेला परेका छन् । बर्दगोरिया गाउँपालिका-४ नौनियाका २७ वर्षीय बलराम डगौँरा स्थानीय पुरैना सामुदायिक वनमा मृत फेला परेका हुन् ।





तीन दिनदेखि बेपत्ता उनी मंगलबार रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।













