सागर चौधरी /बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा तिहार र छठमा प्लास्टिकका फुल,माला तथा अन्य सामग्रीमा प्रतिबन्ध गरिएको छ ।

आइतबार  गाउँपालिकाले एक सूचना जारी गर्दै तिहारमा गाउँपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको जनाएको छ ।

बर्दगोरिया गाउँपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण तथा भण्डारण गरेको पाईएमा उक्त सामाग्रीहरु जफत गरी नियमानुसार कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ ।