जेठ ७, कैलाली । लम्किचुहा अस्पताल उद्घाटनको विषयमा नगर उपप्रमुख जुना चौधरीले आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जालमा लेख्दै अस्पतालको भवन उद्घाटन भयो तर उपप्रमुखलाई कुनै पनि जानकारी नभएको बताएकी छिन् ।

CP-HOSPITAL

लम्कीचुहा अस्पताल निर्माण र उद्घाटन सम्पूर्ण नगरबासीको साझा सपना र प्रयासको परिणाम हो । जिम्मेवारी जहाँ भए पनि मेरो प्रतिबद्धता जनताप्रति सधैं उस्तै रहनेछ । आज अस्पतालको भवन उद्घाटन भयो तर उपप्रमुखलाई कुनै पनि जानकारी गराइएन ।

शिलालेखमा उपप्रमुखको नाम सम्म समेटिएन, यो एक्लौटी कस्तो प्रवृति रु जनतालाई स्वास्थ्य सेवा घरआँगनमा चाहिएको बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हानाहान र तानातान गरेर के देखाउन खोजेको रु नाम शिलालेखमा लेखियो वा लेखिएन भन्ने भन्दा पनि जनताको सेवामा इमानदार भूमिका निर्वाह गर्नु मेरो पहिलो कर्तव्य हो ।

नगरपालिकाले करोडौँको ग्रेडर मेसिन खरिद गर्यो तर उद्घाटनमा नगर उपप्रमुखलाई कुनै जानकारी छैन रु सहकार्यलाई कमजोर बनाएर विकासको श्रेय एक्लैले लिन खोज्नु राम्रो राजनीतिक संस्कार होइन । नगरपालिका संग सम्बन्धित विषय जोडिँदा नगर प्रमुखज्युले गरेका यस्ता गतिविधी प्रति मेरो घोर आपत्ति छ ।

जनतालाई स्वास्थ्य सेवा घरआँगनबाटै लिन पाउँनु पर्छ, यस्तो संवेदशील विषयमा राजनीतिकरण गरिनुहुँदैन । जनताको स्वास्थ्यमाथि राजनीति होइन, जिम्मेवारी हुनुपर्छ।

लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति, प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन हामी सबै दृढतापूर्वक
लागौ ।