वैशाख १६, कैलाली । जिल्लाको मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको बिद्यार्थी कलम बम मेमोरियल इगलिस स्कूलले शैक्षिक सत्र २०८३ का लागि प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत लाई समावेशी आधारमा छात्रवृत्तिका लागि सार्वजनिक सुचना आव्हान गरेकोछ ।

CP-HOSPITAL

विपन्न अति विपन्न अपाङ्ग आदिवासी जनजाति दलित टुहुरा द्वन्द्वपीडित र मेधावी विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति प्रधान गर्ने उद्देश्यले आवेदन फारम आव्हान गरेको छ । बिद्यालयका अनुसार योग्य उम्मेदवारले वैशाख ३० गते भित्र आबेदन भरिसक्नुपर्ने जनाएकोछ ।

छात्रवृत्तिका लागि आवेदन दिन चाहने विद्यार्थीहरूले निवेदन जन्मदर्ता प्रमाणपत्र अघिल्लो कक्षाको ग्रेडसिट विपन्न अपाङ्गता भए सम्बन्धित निकायको सिफारिस प्रमाणपत्रको प्रतिलिपी टुहुरो भए आमाबुवाको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजात पेश गर्नुपर्ने बताइएको छ।