वैशाख १२, काठमाण्डौ । गृह मन्त्रालय बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

Oplus_16908288

समितिले एसएसपीहरु दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा परेकामध्ये कँडेल प्रहरीबाट आएका हुन् भने अन्य ५ जना सशस्त्र प्रहरीको सिसं २ बेसिकका हुन् । सिफारिसमा परेका ६ जनामध्ये उप्रेती र कार्कीलाई यसअघि एसपी बढुवामा चरम अन्याय भएको थियो । कँडेलबाहेक सबै जना सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् ।