कैलाली । धनगढी ८ क्याम्पस रोडका रहेका एरिष्टो माध्यमिक विद्यालयकी एलिसा थापाले आधारभुत तहको पालिका स्तरीय वार्षिक परिक्षामा ४ जिपिए प्राप्त गरेकी छन ।



धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको वार्षिक परीक्षामा थापासँगै ३.६१ देखि ४.० जिपिएसम्म ५२ जना,३.२१ देखि ३ं.६० जिपिएसम्म ६० जना र २.८१ देखि ३.२० जिपिएसम्म १९ जना उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।




२०४९ सालमा स्थापना भएको एरिष्टो माध्यमिक विद्यालय अघिल्लो शैक्षिकसत्रबाट आफ्नै सुविधा सम्पन्न विशाल भौतिक पूर्वाधार सहित पठनपाठन सञ्चालन गर्दै आएको छ । एरिष्टो माध्यमिक विद्यालयका दुईजना विद्यार्थी गौरव उपाध्याय र प्रदिप गिरीले गतवर्षको एसईई परीक्षामा ४ जिपिए प्राप्त गर्दै इतिहास रचेका थिए ।











