भजनी । कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावित पिडित नागरिकहरुलाई दिगो बिकास समाज भजनी, बालकल्याण संघ र वर्ल्ड भिजन लगायतका सहयोगी संस्थाहरूले सहयोग गरेका छन् ।

भजनी नगरपालिकामा अविरल बर्षाका कारण बाढी प्रभावित भजनीका पिडित नागरिकहरूलाई दिगो बिकास समाज भजनी, बालकल्याण संघ र वर्ल्ड भिजनले चामल १,७५० किलो , दाल २१० किलो ,नुन ७० किलो , यस्तै खाने तेल १४० लिटर सहयोग गरेको छ । दिगो बिकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारले भजनी नगरपालिकाकाका प्रवक्ता तथा वडा नं.३ का वडा अध्यक्ष विक्रम चाैधरीलाई उक्त खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गर्नुभएकाे हो ।

राहत हस्तान्तरण कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र देव भट्ट, भजनी नगरपालिकाका बिपत व्यवस्थापन शाखाका प्रमुख विष्णु न्योपाने नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखा का सभापति राम नारायण चौधरी, दिगो विकास समाज भजनीका कार्यकारी निर्देशक लक्ष्मी दत्त भट्ट, कार्यक्रम संयोजक सन्त राम चौधरी, अनुगमन तथा मुल्यांकन अधिकृत राज कुमार चौधरी, परियोजना अधिकृत बिनोद शाह समेतको उपस्थितिमा राहत हस्तान्तरण गरिएको जनाइएको छ ।