टीकापुर । कैलाली टीकापुरको एक सामुदायिक विद्यालयमा तोडफोड गरिएको छ। टीकापुर नगरपालिका–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

CP-HOSPITAL

शनिबार राति अज्ञात समूहले तीन वटा कक्षा कोठाको ढोका फोड्नुका साथै डेस्क बेन्च समेत तोडफोड गरेका हुन् । विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईले तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोका तोडफोड गरेको बताए । तोडफोडबाट करिब ३० हजार बराबरको क्षति भएको प्रधानाध्यापक भट्टराईले बताए।

प्रधानाध्यापक भट्टराईले विद्यालयजस्तो शिक्षा प्रदान गर्ने थलोमा तोडफोड हुनु निन्दनीय भएको बताउदै दोषीमाथी कडा कारबाही हुनुपर्ने माग राखेका छन्। उनले विद्यालयमा यस्ता घटनाहरु बारम्बार हुने गरेको बताए। उनले आफु प्रधानाध्यापक भएर आइसकेपछि मात्रै यो लगाएर चौथो पटक विद्यालयमा तोडफोड भएको बताए।