कार्तिक १२, कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको बर्दगोरिया गाउँपालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०८३ बिहिवारबाट सुरु भएको छ। पत्रकार मञ्चका अध्यक्ष कृष्णप्रसाद ओझाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष कुँवरले मैत्रीपूर्ण फुटबल प्रतियोगिताले आपसी सद्भाव एकता र मेलमिलापका लागि महत्वपूर्ण माध्यम भएको बताए । साथै उनले यस्तो प्रतियोगिता जिल्ला स्तरीय गर्न पनि सुझाव दिएका छन। खेलकुद, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफूहरुले महत्वपूर्ण काम गरेको बताउँदै आगामी दिनमा हुने यस्ता प्रतियोगितालाई सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

उद्घाटन खेलमा बौनिया बजारलाई १-० गोल अन्तरले हराउँदै कर्मचारीको टिम विजय भएको छ। यस्तै बिहिवार नै भएको दोस्रो खेलमा आयोजक बर्दगोरिया पत्रकार मञ्चले २-० गोल अन्तरले हराउँदै विजय भएको छ। शुक्रवार बिहान ८ बजे सुनचाँदी व्यवसाय संघ बर्दगोरियाका विरुद्ध बौनिया बजारले प्रतिस्पर्धा गर्नेछ।

यस्तै शुक्रबार बिहान ११ बजे हुने दोस्रो खेलमा जनप्रतिनिधिले सामुदायिक विद्यालयका शिक्षक सँग प्रतिस्पर्धा गर्नेछ। यस्तै भोलि दिउँसो १ बजे हुने खेलमा मुढा बजारले कर्मचारीको टिमसँग प्रतिस्पर्धा गर्नेछ। भोलि ३ बजे हुने अन्तिम खेलमा आयोजक बर्दगोरिया पत्रकार मञ्चले संस्थागत विद्यालयको शिक्षक सँग प्रतिस्पर्धा गर्नेछ।