काठमाण्डाै । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा घोडाघोडी–११ सुख्खडले पहिलाे जीत हात पारेकाे छ । घाेडाघाेडी–११ ले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई १ विकेटले हरायाे ।

डडेल्धुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९ ओभर १ बलमा ९ विकेट गुमाएर भेटायो । घोडाघोडी–११ का अयुब चन्दले ३३ रन बनाए । डडेल्धुराका हेमन्त धामीले ३ विकेट लिए ।

यसअघि धनगढीकाे फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनायो । डडेल्धुराका विनोद भण्डारीले नटआउट ५६ रन बनाए । घोडाघोडी–११ का नरेन साउदले ४ विकेट लिए ।

समूह ‘ए’ बाट डडेल्धुरा र डीसीए धनगढी सेमिफाइनलमा पुगिसकेका छन् । भोलि लिग चरणको अन्तिम खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

अर्जुन ट्रफी क्रिकेटमा देशभरका ८ वटा क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आउँदो सोमवार माघ २८ गतेसम्म चल्नेछ ।