
सुखड । निर्धन उत्थान लघुबित्त वित्तिय संस्था सुखडले लघुकर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।



घोडाघोडी नगरपालिका वडा न ४ को गैडाखेडा महिला समुहका सदस्य शान्ति देबि थापा मगरको मृत्यु भएपछि मगरको परिवारलाई संस्थाले ग्रामीण लघुकर्जा विमा वितरण गरेको हो । शान्ति देबिको २ लाख २५ हजार कर्जा रहेको थियो । उनको श्रीमान गोपाल सिं थापा मगरलाई बिमा वापतको ३ लाख ४५ हजार २५ रुपैया प्रदान गरेको हो । शान्ति देबिको गएको ज्येष्ठ ६ गते मृत्यु भएको थियो ।





आज घोडाघोडी नगरपालिका वडा न ४ माघिमा संस्थाले एक कार्यक्रमको आयोजना गरि उक्त रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै घोडाघोडी नगरपालिका वडा न ४ का अध्यक्ष भरत बहादुर शाहिले वित्तिय संस्थाहरुले सहज रुपमा ऋण प्रदान गरेर गाउमा सहज गराएको भएपनि ऋण लिने र दिनेले बिचार पुर्याउनु पर्ने बताए ।

पछिल्लो समय वित्तिय संस्थाहरु प्रति बितृष्णा बढ्दै गएको बताउदै शाहिले भने,बचत गर्दा ध्यान पुर्याउनुपर्छ । समुहका अध्यक्ष अस्मिता चौधरीको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा शाखा प्रमुख खेम कुमारी भन्डारी लगायत समुहका सदस्यहरुको पनि सहभागिता रहेको थियो सो कार्यक्रम सञ्चालन संस्थाका लेखापाल प्रयाग राज पाण्डेले गरेका थिए ।

