असार ०५ कैलाली । कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा आज एक कार्यक्रमका बिच चौधरी फाउन्डेसन मार्फत शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

सो कार्यक्रममा त्यहाँ अध्यनरत करिब ७० जना अपाङ्गत भएका विद्यार्थीहरुका लागि लेखपढ गर्न अत्यावश्यक कापी, कलम, पेन, वर्णमाला, ज्यामिट्री बक्स प्रदान गरिएको छ। कार्मक्रममा चौधरी ग्रुपका सुदुर पश्चिम प्रदेश प्रमुख योगेन्द्र भट्टले चौधरी ग्रुपले लामो समय देखि विभिन्न रुपमा चाहे भुकम्प या बाढी-पहिरो पिडितहरुलाई सहयोग गर्दै आएको र आज यस विद्यालयमा सहयोग/ योगदान गर्न पाउँदा खुसी लागेको बताउदै आगमी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।

त्यस्तै चौधरी ग्रुप अन्तर्गत सिजि फुड्सका सुदुर पश्चिम प्रदेश प्रमुख नेत्र प्रसाद अर्यालज्यु ले चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत यस विद्यालयलाई छनौट गरेको बताउनु भयो। कार्यक्रमका सभाअध्यक्ष विद्यालय व्यवस्थापन समिती अध्यक्ष विश्ना बोहराले यस विद्यालयलाई नमुना विद्यालय बनाउने उदेश्य रहेको बताउनु भयो।

गोदावरी वडा नं २ का वडा सदस्य डबल सिंह साउदको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका सस्थापक अध्यक्ष मान बहादुर साउदको सन्चालनमा भएको थियो। सो कार्यक्रममा संचालक मान बहादुर साउदले चौधरी ग्रुपलाई धन्यवाद ज्ञापन गर्दै आगमी दिनमा पनि यस्तै किसिमको सहयोग रहने विश्वास रहेको बताउनु भयो।


अपाङ्गत भएका बालबालिकाको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलोपटक ‘सुप’ समावेशी आधारभूत विद्यालयको स्थापना भएको हो। यस विद्यालयले अपाङ्गत भएका बालबालिकालाई आवाससहित शिक्षाको सुविधा प्रदान गर्न थालेपछि अहिले अपाङ्गत भएका बालबालिकालाई राहत महसुस भएको छ ।