खेम राज पाण्डेय भजनी ।कैलालीको भजनीमा दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित पोषण तथा उत्थानशील परियोजना अन्तर्गत आर. सि परिवारको आर्थिक आम्दानी वृद्वि गर्नका साथै स्वरोजगार हुने उद्वेश्यका साथै व्यवसाय सञ्चालनका लागि दिगो विकास समाज भजनीले टीकापुर र भजनी नगरपालिकाका १५ जना आर.सि बालबालिकाका परिवारलाई व्यावसाय स्थापना गरी आर्थिक जीविकोपार्जनमा पहुंच पुर्याउने उद्धेश्य लागि विभिन्न प्रकारका सामग्री वितरण गरिएको छ।


मोटरसाइकल मर्मत पसल, नास्ता पसल,फ्रेस हाउस व्यवसाय, फनिर्चर व्यवसाय, किराना पसल र सिलाई कटाई व्यवसायका लागि भजनी नगरपालिका वडा नं १,२,३,५र७ टीकापुर नगरपालिका वडा नं ६,७,८र९ गरी १५ जना व्यवसायलाई ८लाख ६५हजार बराबरको सामग्री वितरण गरिएको परियोजना अधिकृत विनोद शाहले बताए। उक्त कार्यक्रममा वडा नं ५का वडा अध्यक्ष केशव बुढाले लक्षित समुदायलाई व्यवसायिक तर्फ उन्मुख गराई आर्थिक आम्दानीमा वृद्धि र घरपरिवारमा समृद्वि ल्याउन सकिने बताउनभयो।




कार्यक्रमको अध्यक्षता दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनार रहनु भएको थियो भने कार्यक्रममा भजनी नगरपालिकाका वडा नं ५का अध्यक्ष केशव बुढा, संस्थाका सह सचिव धनिराम राजी,कर्मचारी रिता चौधरी, खुशी राम चौधरी, प्रेमा विक रहनु भएको थियो।कार्यक्रम संचालक प्रेम पाण्डेले गर्नु भएको थियो।