खेम राज पाण्डे, भजनी । कैलालीको भजनिमा भजनी नगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका बिच स्थानिय आपत‌कालिन कार्य संचालन केन्द्र भजनीको उद्घाटन तथा हस्तातरण गरिएको छ ।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।मोफा जापान वर्ल्ड भिजन जपान आर्थिक – सह‌योग वर्ल्डभिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत सामाज धनगढी कैलालीको संयुक्त साझेदारीमा संचालित समुदायमा आधारित विपद्‌ जोखिम न्यूनीकरण (CBDRR) परियोजना अन्तर्गत मा निर्माण भएको भजनी नगर पालिकामा स्थानिय आपत‌कालिन कार्य संचालन केन्द्र भजनीको उद्घाटन तथा हस्तातरण कार्य सम्मपन्न भएको छ।

उक्त भवनको लागत खर्च २७लाख ८८हजार ९सय ८४रुपैयाँ बराबरमा भवन निर्माण सम्पन्न भएको हो।नगरप्रमुख चौधरीले भने, अव नगरबासीलाई चुस्त दुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सकिने छ । साघुरो ठाउँमा सेवा दिदा सेवाग्राहीलाई समेत अप्ठेरो भैरहेको थियो नगरप्रमुख चौधरीले भने, यो भवन निर्माणमा सहयोग पु¥याउने संस्थालाई समेत धन्यवाद दिन चाहन्छु।