के .आर.पाण्डेय टीकापुर । कैलालीको टीकापुरमा स्थानिय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका र दायित्व सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिमको आजबाट सुरु भएको छ।


सामाजिक विकासका लागि सचेत समाज (cssd) धनगढीको आयोजना तथा मोफा जापान र वर्ल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित सामुदायमा आधारित विपद् जोखिम न्यूनीकरण (CBDRR)परियोजना अन्तर्गतमा भएको तालिममा भजनी ,टीकापुर र जानकी पालिकाका नगर उप प्रमुख, उपाध्यक्ष,वडाअध्यक्ष, स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी,विषयगत शाखा प्रमुख र सञ्चारकर्मीको सहभागिता रहेको छ।




उक्त क्षमता अभिवृद्वि तालिममा नेपालमा विपद् जोखिम सुशासन, स्थानीय विपद् व्यवस्थापन समितिको काम र कर्तव्य, आपतकालीन कार्यसञ्चालन केन्द्रको प्रावधान,पूर्वचेतवानी प्रणाली र प्रतिकार्य लगाएतका विविध विषयवस्तुमा केन्द्रित रहेर तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक भरत विकले बताए। तालिमको प्रशिक्षण राजकुमार परियार र कार्यक्रम सञ्चालन cssd धनगढीका परियोजना अनुगमन अधिकृत संजय कुमार चौधरी गरी रहेका छन्।