खेम राज पाण्डेय भजनी । कैलालीको भजनी नगरपालिका वडा नं ४ र ७ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।


फागुन २९ गते देखि चैत १गते सम्म जेष्ठ नागरिक लाई निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेको हो । सञ्चालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ३०० जनाको स्वास्थ्य परीक्षण भएको छ। भजनी प्राथमिक स्वास्थ्य केन्द्र भजनीका डा.सुरेश ताम्राकार, डा.सूर्य प्रताब चौधरी र स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गरेका थिए।




ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले स्वास्थ्य शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको शाखा सह संयोजक लक्ष्मी चौधरीले बताए। शिविरमा सुगर, हाडजोर्नी, नसा, छाला, स्त्रीरोग, बाथ, खाना नपच्ने, खोकी, श्वासप्रश्वाससम्बन्धी रोगको परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको चौधरीले बताउनुभयो।
