खेम राज पाण्डेय,भजनी । कैलालीको भजनीमा ११४ औंं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा नगरपालिकाले अन्तराष्ट्रिय महिला दिवशको अवसरमा नगर स्तरीय र्याली, सडक नाटक, अन्तरक्रिया र सम्मान गरी कार्यक्रम मनाइएको छ


“ महिलामा लगानी ः सभ्य र समुन्न समाजको थालनी” भन्ने राष्ट्रि नारा साथ विहीबार भजनी नगरपालिका महिला वालबालिका जेष्ठ नागरीक शाखाको आयोजना तथा सहयोगी संघ संस्थाको समन्वयन र भजनी नगरप्रमुख केवल चौधरीको प्रमुख आथित्यतामा ११४ औ अन्तराष्ट्रिय महिला दिवश मनाइएको हो ।




उक्त कार्यक्रम बोल्दै नगर प्रमुख चौधरीले महिलाहरु कार्यक्रम गरेर मात्र अधिकारहरु प्राप्त गर्न सकिदैन त्यसमा हरेक थोक बाट अगाडी बढनु पर्ने समेत महिलाहरुलाई सुभाव दिएका थिए ।
यसैगरी जब सम्म सरकारले आरक्षण र समाजमा जातपात तथा लिङ्गको लडाइ हटाउदैन तब सम्म अधिकारका सवालमा विभिन्न आन्दोलन देशमा हुँदै जाने नगर प्रमुख चौधरीले बताए ।

कार्यक्रमको अध्यक्षता नगरपालिकाकी उप प्रमुख राजु तिरुवा रहेकी थिइन् भने कार्यक्रमा वडा नं ५का अध्यक्ष केशव बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र देव भट्ट,कार्यपालिका सदस्य कृष्णा चौधरी,वडा सदस्य रेखा विक, राजेन्द्र खनाल, दिगो विकास समाज भजनी, विकासका लागि यूवा ऐक्यवद्धता धनगढी श्रृर्जनशिल समाजको सृर्जना धनगढी, दलित महिला संघ धनगढी, शान्ति पुन संस्थापना गृह भजनी , बालकल्याण संघ टिकापुर, साना हात नेपाल, विभिन्न स्कुलका प्रतिनिधि , विभिन्न सहकारीका संस्थाका प्रतिनिधि,सामुदायिक वनका प्रतिनिधि लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमको सञ्चालिका शाखा प्रमुख रिजु चौधरीले गर्नु भएको थियो।