खेमराज पाण्डेय, भजनी । कैलालीको भजनी नगरपालिका ८ कृष्णनगर चोकमा उज्यालाे बनाउने अभियानअन्तर्गत स्मार्ट सडक बत्ती जडान गरिएको छ।

चाेकमा स्मार्ट सडक बत्ती जडान गर्ने गरी काम सुरु गरेकाेले पहिलो चरणमा कृष्णनगर चाेकमा जडान गरिसकेकाे संस्थाका अध्यक्ष तुला राम जैशीले जानकारी दिए।

चोकलाई उज्यालो बनाउने अभियानअन्तर्गत हामीले स्मार्ट सडक बत्ती जडान गरेका हौँ,’ उनकाअनुसार जालपा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड सँगको सहकार्यमा कृष्णनगर चोकमा स्मार्ट सडक बत्ती जडान गरेकाे हो।उनले भने, ‘बत्तीले टाढासम्म उज्यालो देओस् भनेर चोकमा राखेका हौं।’ ६० देखि १०० मिटर रेडियसमा यो बत्ती प्रकाश छर्ने उनले बताए।