असोज १३, कैलाली । नेपाली काङ्ग्रेस का यूवा नेता बिरेन्द्र प्रसाद धमाला ले आसन्न काङ्ग्रेस को पन्ध्रौं महाधिवेशन अन्र्तगत यहि असोज १२÷१३ गते सम्पन्न हुन गैरहेको क्षेत्रीय अधिबेशन बाट आफुलाइ अछाम क्षेत्र नं. २ को क्षेत्रीय सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन ।

नेता धमला १४ औं अधिबेशन मा तुर्माखद गाउँपालिका को सचिब मा लोकपृय मतका साथ निर्बाचित भयका थिए । आफ्नै जिल्ला र क्षेत्रमा ब्यवसाय समेत गर्दै आएका धमाला स्थानिय स्तरमा लोकप्रिय युवा नेताको पहिचान बनाउन सफल भएका छन ।

हरेक पटक हुने निर्बाचनमा नेपाली काङ्ग्रेस का उम्मेदवारहरुलाइ बिजयी बनाउन सकृय भुमिका निर्बाह गरेका र कुनै आग्रह तथा पुर्बाग्रह तथा गुटगत राजनीतिक खिचातानी लाई प्राथमिकता नदिने चरित्र का धमाला ले आफ्नो बिजय को प्रमुख कारण भनेको नै पार्टी प्रतिको इमान्दारीता भएको बताएका छन ।