भदौ ०२, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरलाई बर्दगोरिया डेस्कटपले राष्ट्रिय झण्डा सहयोग गरेको छ।

CP-HOSPITAL

बर्दगोरिया डेस्कटपको दोस्रो वार्षिकोत्सवको अवसरमा सञ्चालक महेश रावलले सहारा घरलाई विभिन्न आकारका राष्ट्रिय झण्डा हस्तान्तरण गरेका हुन्। सहारा घरले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको आवश्यकता सार्वजनिक गरेको केही समयमै रावलले सहयोग उपलब्ध गराएका हुन्।

रावलका अनुसार सहारा घरलाई १० फिटको १ वटा, ५ फिटका ३ वटा, ३ फिटका ३ वटा र २ फिटका १३ वटा गरी जम्मा २० वटा राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको हो।

सहारा घरका सञ्चालक एवं अध्यक्ष बलबहादुर विष्टले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै महेश रावललाई व्यावसायिक जीवनको सफलताको शुभकामना दिएका छन्।

रावल बर्दगोरिया डेस्कटपका सञ्चालकसँगै सहयोगी बेलुवा युवा क्लबका अध्यक्ष, बफादार मिडियाका प्रबन्ध निर्देशक तथा बसन्त मुरारी पूर्व विद्यार्थी समाजका सचिवसमेत हुन्।

यसैबीच, बर्दगोरिया डेस्कटपले दोस्रो वार्षिकोत्सवको अवसरमा रु. ३०० बाट फोटो फ्रेमको सुरुवात गर्नुका साथै विभिन्न विशेष अफरहरू सञ्चालन गरेको छ। सञ्चालक रावलका अनुसार उक्त अफर भदौ १ गतेदेखि ७ गतेसम्म मात्र लागू हुनेछ।

बर्दगोरिया डेस्कटपमा मायाको चिनो, कप तथा टिसर्ट प्रिन्ट, खादा, ब्याज, प्रमाणपत्र, सम्मानपत्र, आईडी कार्डलगायतका प्रिन्टिङ सेवा तथा विभिन्न अनलाइन फाराम भर्ने सेवा उपलब्ध हुँदै आएको छ।