धनगढी । धनगढीमा रहेको सव डिभिजन वन कार्यालयको ग्यारेजमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका १४ फुलवारीमा रहेको सव डिभिजन वन कार्यालयको काठ र खरले बनेको गाडीको ग्यारेजमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।




शुक्रवार ग्यारेजमा आगलागी हुँदा ग्यारेज र ग्यारेज भित्र पार्किङ गरि राखेका दुई मोटरसाईकल जलेर अन्दाजी ३ लाख ३९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।