डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।



बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरको बस स्याउलेमा दुर्घटना भएको हो । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।




घाइतेहरूको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ । प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।