भजनी । कैलालीको भजनी नगरपालिका महिला बालवालिका तथा समाजकल्याण उपशाखाको आयोजनामा संचालन गरेको लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धि तीन दिन तालिम सम्पन्न भएको छ।


तालिममा नेपालको कानुनि प्रावधानहरु, स्थानिय तहका काम कर्तव्य र अधिकार, लंैगिक हिंसा सम्बन्धि विद्यमान कानुन, मुलुकी अपराध सहिंता २०७४ मा व्यवस्था भएका कानुन साथै अन्तराष्ट्रिय व्यवस्थाहरुको विषयमा प्रशिक्षण गरिएको थियो । लैंगिक हिंसा न्यूनीकरणका लागि सबैको भुमिका अपरिहार्य रहकोमा जोड दिदै सबैले आफ्नो घर, समाज हुदैं राष्ट्रिय स्तरबाट हिंसा न्यून गर्नु पर्नेमा नगरप्रमुख केवल चौधरीले बताए।




तालिममा नगर प्रमुख ,वडा अध्यक्ष,कार्यपालिका सदस्य, वडासदस्य साथै स्थानिय महिला तथा संघ संस्थाका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो । उक्त तालिमको प्रशिक्षक सुनिता मैनालीले गरेको तालिममा शाखा प्रमुख रिजु चौधरी र जौकला सार्कीले सहजीकरण गर्नु भएको थियो।