के. आर.पाण्डेय, भजनी । उद्योग वाणिज्य संघ भजनीको आयोजनामा हुने भजनी महोत्सवको तयारी तिब्र पारिएको छ ।

यहीँ माघ २५ गतेदेखि फागुन ८ गतेसम्म आयोजना हुने महोत्सवको मिति नजिकिँदै जाँदा तयारी तिब्र पारिएको हो । संघका महासचिव नैन बहादुर चौधरीका अनुसार महोत्सवको करिब ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भैसकेको छ । महत्त्वपूर्ण कामहरू सम्पन्न गरिसकेका छौँ । अब छिटफुट कामहरू छन्, त्यो भैरहेको छ ।” महासचिव चौधरीले भने, “हामीले उद्घोष गरेअनुसारकै कामहरू सम्पन्न गरेर उत्साहका साथ महोत्सव सम्पन्न गर्ने तयारीमा हामी छौँ ।”उनले महोत्सवलाई सफलतापुर्बक सम्पन्न गर्नका लागि सबैको सहयोग र समन्वयको अपेक्षा समेत गरेका छन् ।

“उद्योग वाणिज्य संघ एउटा पात्र मात्रै हो । त्यसले मात्रै चाहेर हामीले महोत्सवलाई सफल बनाउन सक्दैनौं ।” महासचिव चौधरी भन्छन्, “हामीलाई सबैको सहयोग चाहिएको छ । सबैको समन्वय र सहकार्य चाहिएको छ ।” महासचिव चौधरीले महोत्सवले भजनी क्षेत्रको व्यापार व्यवसाय वृद्धि गर्दै यसक्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको बताएका छन् ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै रमाइलो मेला, कृषि प्रदर्शनी, थारु गाउँ लगायत आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ । संघले यसअघि दुईपटक महोत्सव आयोजना गरेको थियो भने गतवर्ष भजनी युवा क्लबले महोत्सव आयोजना गरेको थियो ।