बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा हाड जोर्नी तथा नशा रोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा सम्पन्न शिविरमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर प्रमुख अथिती रहनुभएको थियो ,भने विशिस्ट अथितिका रूपमा पालिका उपाध्यक्ष गणेश राज गिरि रहनुभएको थियो ।




शिविरको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले नागरिकको स्वास्थ्यका लागि आफुहरु गम्भीरतापुर्वक लागि परेको बताउदै पालिकामा संचालित १५ शैया अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम लागू गरिएको हुँदा सबैले सो सुविधा लिन आग्रह गर्नुभयो ।

वडा नम्बर ४ को कार्यालय ,तथा निमुवाबोझी आधारभुत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सञ्चालन गरिएको शिविरमा २१४ महिला र १२५ पुरुष गरि ३३९ जना सेवाग्राहीले स्वास्थ्य परिक्षण गराएका थिए ।जसमा नशारोगको समस्या देखिएका १४ जनालाई उपचारका लागि रिफर गरिएको छ । रिफर गरिएका मध्य ६ जनाको अप्रेशन गर्नुपर्ने र ८ जनालाई औषधि मार्फत उपचार गर्नुपर्ने जनाइएको छ ।
घोडाघोडी अस्पताल प्रालिको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी समेत निशुल्क वितरण गरिएको थियो । शिविरमा विशेषज्ञ डाक्टर धर्मेन्द्र केसी र मेडिकल अधिकृत डा.राहुल सिंह सहितको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।





