के.आर पाण्डे, भजनी । कैलालीको भजनीमा जनता पुस्तकालयद्वारा संचालित दियाे परियाेजना अन्तर्गत सराेकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालीका उप प्रमुख राजु तिरुवा रहनु भएको कार्यक्रममा भजनी न पा १ का वडा प्रमुख धर्मेन्द्र श्रेष्ठ, न्यायीक समिति सदस्य राजेन्द्र खनाल, कानुन ईकाईका पूर्ण प्रसाद जोशी,बुद्धिजीवी समाजसेवी नवराज मिश्र, प्रदीप मल्ल ,हर्क बुढा, दिपक जाेशी ,शिक्षक डरम्बर खड्का ,अर्जुन चाैधरी ,डम्मर नाथ मिश्र, भजनी नगरपालिका विपत व्यवस्थापन शाखाका प्रमुख विष्णु राज न्याैपाने र जनता सामुदायिक पुस्तकालय दियाे परीयाेजना र रिड नेपालबाट साजन थापा ,अधीन शाक्य ,अमृत पाेख्रेल र पत्रकार लगाएत सराेकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा भजनी नगरपालिकाका उप प्रमुख राजु तिरुवाले बोल्दै यस अन्तरक्रिया कार्यक्रमवाट स्थानीय सरकार र जनता सामुदायिक पुस्तकालयकाे सहकार्यको विषयमा स्थानीय सरकार पुस्तकालय विच हुनु पर्ने सम्बन्ध वारे धेरै लाई चासाे र चेतनाकाे कमीले हामीले जति बुझ्नु पर्ने थियाे त्यति नबुझेकाले आजकाे यस कार्यक्रमवाट धेरै कुरा सिक्ने अवसर मिलेकाे छ र स्थानीय सरकार न्यायीक समीतीबाट गर्नु पर्ने सहयाेग सहकार्यकाे लागि तयार रहने प्रतिबद्धता गर्नु भएको छ।त्यसै गरी राजेन्द्र खनाल, धर्मेन्द्र विष्ट र दियाे परीयाेजना संयोजक साजन थापाले शुभकामना मन्तब्य राखेका थिए।

सँस्थाका अध्यक्ष हेमेन्द्र भारद्धाजको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण जनता सामुदायिक पुस्तकालयका सचिव कवि राज जाेशी र लक्ष्मी बुढा जैशी गर्नु भएको थियो।