के. आर . पाण्डेय भजनी । कैलालीको भजनीमा विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा २ दिने तालिम भजनीमा सम्पन्न भएको छ ।

प्राकृतिक प्रकोप तथा विपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र विपद जोखिम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा समुदाय स्तरमा जानकारी दिनको लागि सामाजिक विकासका लागि सचेत समाज ( सिएसएसडि धनगढीले) साे तालिमको आयोजना गरेको थियो ।

माेफा जापान ,वर्ल्ड भिजन जापान मार्फत वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सिएसएसडि धनगढी द्वारा आयोजित साे तालिममा बिपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि सहभागीलाई सुसुचित गराइएको आयोजक संस्थाका सामाजिक परिचालक फाकुराम चाैधरिले जानकारी दिए । भजनी नगर स्तरीय र वडा स्तरीय विपद व्यवस्थापन बारे जानकारी ,स्थानीय आपतकालीन कार्य संचालन केन्द्र बारे जानकारी ,पुर्व सुचना र पुर्व कार्य बारे जानकारी ,विपद व्यवस्थापन बारे कानुनी ज्ञानका बारेमा छलफल भएको विपद शाखा अधिकृत विष्णु न्यौपानेले जानकारी दिनुभयो ।

तालिमको सहजीकरण भजनी नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपाने र cssd धनगढीका फाकुराम चौधरीले गर्नु भएको थियो । तालिममा नगरप्रमुख केवल चौधरी,वडा अध्यक्ष, कार्यपालिका सदस्य ,राजनीति दलका प्रतिनिधि,नेपाल प्रहरी विभिन्न संस्थाका प्रतिनिधिकाे सहभागिता रहेको थियो ।तालिममा सहभागीले तालिम निकै प्रभावकारी र फलदायी भएको बताए ।