धनगढीः कैलालीमा एक घरमा आगलागी भएको छ। घोडाघोडी नगरपालिका–८ दिपनगरका भोगबहादुर साँउदको गोठमा बिजुलीको तार सर्ट भई शुक्रवार बिहान आगलागी भएको हो।

CP-HOSPITAL

आगलागीबाट गोठमा रहेका पराल, काठ लगायतका सामानहरु जलि अन्दाजी एक लाख बराबरको क्षति भएको छ। उक्त आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको हो। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।