के.आर.पाण्डेय भजनी । कैलालीको भहनीमा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा बिकाशका लागि युवा एक्यवद्धता (YARD) धनगढीको साझेदारिमा संचालिन समावेशी तथा गुणस्तरी शिक्षा परियोजना अन्तरगत गणेशमान आधारभुत विद्यालयको आयोजनामा माघ ५ भजनी ७ चर्रामा पढाइ मेला कार्यक्रम सम्पन्न भएको थियो।


पढाइ सस्कृतिको बिकाश गर्ने र स्थानिय प्रतिभालाई उजागरण गर्न मञ्च प्रदान गर्ने उदेश्य आयोजना गरिएको उक्त मेलाको उद्घाटन प्रमुख अतिथि भजनि नगरपालिका वडा न ७ का वडा अध्यक्ष अमर बहादुर कठरिया र बिशिस्ट अतिथि YARD का कार्यक्रम संयोजक रतन बहादुर बि क, त्यसै गरि अतिथिहरुमा YARD का फिल्ड अफिसर पिताम्बर पौडेल, विभिन्न विद्यालयका प्रधानाध्यापक , विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, कर्मचारी , पत्रकार , प्रशासन, पढाइ शिबिरका अगुवा सहजकर्ता / सहजकर्ताहरु , शिक्षकहरु रहनु भएको थियो ।




भने स्वागत मन्तब्य गणेशमान आ बि का प्र अ जादो लाल रायले गर्नु भएको थियो। पढाइ मेलामा पढाइ शिबिरका ६ वटा र विद्यालयका ३ बाट गरि ९ वटा स्टल राखिएको थियो । स्टलहरुमा पढाइ का सामाग्रीहरु , हस्तकला, बाल किताबहरु , खेलाउनाहरु लगायतका सामाग्रीहरु राखिएका थियो । यसै बिच पढाइ दौड प्रतियोगिता , चित्र कला प्रतियोगिता तथा स्थानीयले झाकि समेत प्रस्तुत गर्नु भएको थियो। मेला ६ सय जना भन्दा बढिले अवलोकन गरेका थिए प्रअ रायले बताए।
कार्यक्रमको सञ्चालन भगत शिह बुढाले गरेका गर्नु भएको थियो ।स्मरण रहोस् की यार्डले बिगत १ बर्ष देखि यस क्षेत्रमा समाबेशि तथा गुणस्तरीय शिक्षामा काम गर्दै आएको छ ।