भजनी । कैलालीको  भजनीमा सामजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनामा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन कार्यविधि, २०८० को व्यवस्था बमोजिम स्थानीय तह TVET समन्वय समिति गठन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको  छ ।

राष्ट्रिय  व्यावसायिक योग्यता प्रणाली कार्यान्वय कार्यविधी २०८० को परिक्षेद ६ को दफा १६ मा व्यवस्था भए अनुसार भजनीमा स्थानिय तहमा प्राविधिक तथा व्यावसायिक  शिक्षा  समन्वय समिती गठन गरिएको छ। जसको संयोजकमा प्रमुख प्रशासकिय अधिकृत,सदस्यमा राेजगार संयोजक , सदस्यमा रोजगारदाता तथा संस्था र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख रहने छन् ।

उक्त कार्यक्रममा सामजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका नि.प्रदेश सचिव गगन देव भट्ट, भजनीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कठायत,वडा अध्यक्ष, शाखा प्रमुख,भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम राज जोशी,सामजिक विकास मन्त्रालय सुदूरपश्चिमका कर्मचारी टंक प्रसाद उपाध्याय र पत्रकार लगाएतको सहभागिता रहेको थियो।उक्त कार्यक्रमको बारेमा सामजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका नि.प्रदेश सचिव गगन देव भट्टले र टंक प्रसाद उपाध्यायले गर्नु भएको थियो।