कैलाली । जिल्लाको मुडा बाट संरक्षित बन्य जन्तु सालककाे खपटा सहित २ जना पक्राउ परेका छन् ।


बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक सुशील चन्दकाे कमान्डमा र ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली बाट खटिएकाे टाेलीले जिल्लाको बर्दगाेरिया गाउपालिका ४ मुडा बाट संरक्षित बन्य जन्तु सालककाे अखेटाेपहार खपटा सहित जिल्ला कैलाली जाेशीपुर गाउँपालिका -४ बस्ने बर्ष ३२ काे प्रेम चाैधरी र कैलाली भजनी नगरपालिका -८ बस्ने बर्ष ३५ काे पर्शुराम चाैधरीलाई पक्राउ गरेको छ ।




उनीहरू सङ्ग १० के जी सालककाे खपटा र सु प प्र ०१००८ प ३५१२ नम्बरको माेटरसाईकल सहित २ जना पक्राउ गरि थप अनुसन्धानका लागि ईप्रका सुख्खड कैलालीलाई जिम्मा लगाईएकाे जनाइएको छ ।