के. आर. पाण्डेय, भजनी । कैलालीको भजनीमा इलाका प्रहरी कार्यालय भजनीले आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ।

प्रहरीको शान्ति सुरक्षाको विषयमा स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सुनुवाईमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै कार्यालय प्रमुख लोक राज जोशीले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन भजनी प्रहरीले स्थानीयसँग हातेमालो गर्दै आएको बताए ।

कार्यक्रममा रतन राज रेग्मी, हर्क बुढा, सुरेन्द्र जैशी,टंक प्रसाद जोशी, नैन बहादुर चौधरी र दीपा भुसाल लगाएतले चोरी निकासी,लागू औषधलाई विशेष रूपमा सकृय भएर काम गर्न समेत अनुरोध गर्नु भएको छ ।साथै ईलाका प्रहरी कार्यालय भजनीले प्रहरी सक्रिय भएर काम गरेको औंल्याए । कार्यक्रमका प्रमुख अतिथी भजनी नगर उपप्रमुख राजु तिरुवाले आगामी दिनमा लागू औषध सम्बन्धी, चेलीबेटी बेचबिखनविरुद्ध लगाएतका विषयमा जनचेतामूलक कार्यक्रमको प्रत्येक वडामा सुरक्षा निकाय संग सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिने बताउनु भयो ।


यसैबीच इलाका प्रहरी कार्यालय भजनीले आर्थिक वर्ष २०८०/२०८१पौष महिनाको १३ गते सम्म भन्सार छलीका सामग्री भन्सार कार्यालयमा रु.३१ लाख ४०हजार बराबरको रकम बुझाएको छ । साथै अहिले सम्म ५६मुद्दा दर्ता भएको जोशीले बताए ।