के. आर .पाण्डे, भजनी । कैलालीको भजनी नगरपालिका वडा नं ५ स्थित मिलनपुर झुङ्गे नजिकबाट बेवारिसे अवस्थामा प्रतिबन्धित माछा जफत गरी नष्ट गरिएको छ । भजनी स्थित सशस्त्र प्रहरी बल नेपाल वि ओ. पी. भजनी ५ पगियाप्रसारले माछा बरामद गरी नष्ट गरेको हो ।

पगियाप्रसारका स.प्र.ना.नि. मेघ प्रसाद भटराईको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गर्दा उक्त गस्ती टोलीलाई देखि छोडी बेवारिसे अवस्थामा रहेको अन्दाजी मूल्य रु ४२००० (बयालीस हजार )बराबरको जम्मा १२०किलो प्रतिबन्धित माछा बरामद गरिएको थियो ।

जनप्रतिनिधि, सञ्चारकर्मी,स्थानिय बासिन्दा र इ. प्र.का पृथ्वीपरका इन्चार्ज लगायतको रोहवरमा खाल्डो खनेर माछा नष्ट गरिएको भटराईले बताए । प्रतिबन्धित माछा सेवनका कारण क्यान्सर हुने प्रवल सम्भावना देखिएपछि सो माछालाई नेपाल सरकारले विक्री वितरण प्रतिबन्धित लगाएको छ ।