सुखड । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले लवाङ्गी पूजाको अवसरमा आइतबार बिदा दिएको छ । क्याम्पसले आज सूचना जारी गर्दै पौष १ गते आइतबार थारु समुदायले मनाउने लवाङ्गी पूजाको अवसरमा बिदा दिने जानकारी दिएको हो ।




उक्त दिन क्याम्पसमा सम्पूर्ण तहका पठनपाठन का साथै क्याम्पस प्रशासनिक कार्य समेत बन्द रहने घोडाघोडी बहुमुखी क्याम्पस प्रमुख लक्षमि प्रसाद भट्टराईले जनाएका छन्।













